SHARE
Kalo Pati · सोमबार २९ असार २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

राहदानी विभागले सुरु गर्यो नयाँ प्रणाली-एक करोड नागरिकको विवरण सुरक्षित रूपमा स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै २०८३ साल असार २९ गतेदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो ।