नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि व्यापारीले भरियो (तस्बिरहरू)
काठमाडौं । केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर न्युरोडलगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे। दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले कडाइ गरेको थियो भने व्यापार गर्नका लागि निश्चित समयसमेत तोकिएको थियो।
