बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
लमजुङ । लमजुङस्थित ऐतिहासिक सम्पदा लमजुङ दरबारको पुनर्निर्माण बजेट नियमित उपलब्ध हुन नसक्दा लम्बिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको पुनर्निर्माण बजेट अभावका कारण तोकिएको समयमा पूरा हुन सकेको छैन । बेँसीसहर नगरपालिका–३ गाउँसहरस्थित समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा रहेको लमजुङ दरबारको पुनर्निर्माण पुरातत्व विभागमार्फत भइरहेको हो ।
