SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

अवैध अनलाइन सट्टेबाजी गिरोहका ८ सदस्य पक्राउ, २० करोडको कारोबार खुलासा

काठमाडौँ । पोखरा महानगरपालिकाको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी (बेटिङ) गराउँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छापा मारी आठ जनालाई नियन्त्रणमा लिएको हो ।