SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

बझाङ दुर्घटनापछि ५ घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौँ । बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई नेपाली सेनाले आज हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पुर्याएको छ । हवाई उद्धार गरिएका पाँच जनामा तीन महिला र दुई पुरुष रहेका नेपाली सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।