SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

गोरखामा एकतिहाइ मात्र मल आपूर्ति

गोरखा । गोरखामा धान रोपाइँको मुख्य समयमा आवश्यक रासायनिक मलको एकतिहाइ मात्र आपूर्ति भएको छ । जिल्लामा आवश्यक तीन हजार ५०० मेट्रिकटन मलमध्ये हालसम्म एक हजार १०० मेट्रिकटन मात्र प्राप्त भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ । कार्यालय प्रमुख कुलप्रसाद तिवारीका अनुसार प्राप्त मल कोटा निर्धारण गरी स्थानीय तहलाई उपलब्ध गराइएको छ ।