SHARE
मकालु खबर · शनिबार २७ असार २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ । साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने गर्दछन् ।