SHARE
मकालु खबर · शनिबार २७ असार २०८३ ०३:३७ AM · 1 मिनेट पढाइ

इजिप्टको वार्षिक मुद्रास्फीति दरमा गिरावट, रेमिट्यान्स आप्रवाहमा ३१ प्रतिशतको वृद्धि

एजेन्सी । इजिप्टको वार्षिक मुद्रास्फीति दर जुन महिनामा केही ओरालो लागेको छ । इजिप्टको केन्द्रिय तथ्याङ्क निकायले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जुन महिनामा वार्षिक मुद्रास्फीति दर १२.२ प्रतिशतमा झरेको छ । अघिल्लो महिना अर्थात् मे महिनामा यो दर १३ प्रतिशत रहेको थियो ।