SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०४:२५ PM · 1 मिनेट पढाइ

पुर्चुगलका नयाँ प्रशिक्षक जेससले भने- रोनाल्डो आएमा स्वागत गर्छौं

काठमाडौं । पोर्चुगलले शुक्रबार जर्ज जेससलाई आफ्नो नयाँ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । मुख्य प्रशिक्षक नियुक्त भएपछि पहिले प्रतिक्रिया दिँदै उनले पोर्चुगलका ‘सुपरस्टार’ क्रिस्टियानो रोनाल्डोलाई उपलब्ध भएमा टोलीमा बोलाउने बताएका छन् । उनले आफूहरुका लागि रोनाल्डो कहिल्यै समस्या नहुने बताएका छन् ।