SHARE
Kalo Pati · शुक्रबार​ २६ असार २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

कागको अण्डा कोरल्नेदेखि बच्चा हुर्केर वयष्क हुँदासम्म (तस्बिरहरु)

काठमाडौं नेपालको तराईदेखि हिमालसम्मै धेरैजसो क्षेत्रमा काग पाइन्छन्। काठमाडौं उपत्यकामा समेत कागहरु राम्रै संख्यामा पाइन्छन्। तीव्र शहरीकरणका कारण कागको बासस्थान भने साँघुरिँदै गएको छ। कागले गुँड बनाउने ठूल्ठूला रुखहरु नहुँदा कागलाई बच्चा हुर्काउन असहज बन्दै गएको छ। शहरीकरणका बीच पनि कागले गुँड बनाउने र बच्चा हुर्काउने गरेका देखिन्छन्। प्रस्तुत तस्बिर काठमाडौंको नैकापमा खिचिएको हो।