ज्ञानेन्द्र शाहीको प्रश्न– ‘गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले नागरिकबाट कर उठाए पनि त्यसअनुसार सेवा सुविधा दिन नसकेको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले आजका नागरिकले औसत ४० प्रतिशतभन्दा बढी कर तिर्ने गरेको भए पनि राज्यले शिक्षा, स्वास्थ्य, सडक र पार्किङजस्ता आधारभूत सुविधा उपलब्ध गराउन नसकेको बताए ।
