‘गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ’ : सांसद महर
काठमाडौं । नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारको कडा आलोचना गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले आफू वीर अस्पतालबाट प्रत्यक्ष अवस्था अवलोकन गरेर सदनमा पुगेको बताए । उनले अस्पतालको अवस्था अत्यन्त भावविह्वल रहेको उल्लेख गर्दै सर्वसाधारणका लागि त्यहाँको दृश्य निकै पीडादायी भएको बताए ।
