SHARE
Kalo Pati · शुक्रबार​ २६ असार २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

यात्रुलाई जबर्जस्ती गाडीमा चढाउने तथा झोला तानेर दुःख दिने ३२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लामो समयदेखि जडीबुटी क्षेत्रमा सर्वसाधारणलाई जबर्जस्ती सवारीसाधनमा चढाउने, झोला तथा सामान तानेर दुःख दिएको भन्ने गुनासोका आधारमा निगरानीसहितको अभियान सञ्चालन गरिएको थियो । सोही क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।