केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाण्डौ । आज, भोलि र पर्सि देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना छ । दिउँसो लुम्बिनी प्रदेशको तराईसहित देशको पहाडी एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
