कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक
काठमाण्डौ । सरकारले सार्वजनिक प्रशासनलाई थप अनुशासित, पारदर्शी र जवाफदेही बनाउने भन्दै कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । अबदेखि कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोकदेखि सार्वजनिक अभिव्यक्ति, सेवाग्राहीसँगको व्यवहार, गोपनीयता, पोशाक, उपहार स्वीकार गर्न नपाउने व्यवस्था र सरकारी मर्यादा कायम गर्नुपर्ने प्रावधान समेट्दै सरकारले प्रशासनिक क्षेत्रमा कडाइ गरेको छ ।
