ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गरेका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले गरेका कामबारे पत्रकारहरूले प्रश्न गर्ने गरेको उल्लेख गर्दै जनताले नै सरकारको मूल्यांकन गरिरहेको बताए ।
