SHARE
Kalo Pati · बिहीबार २५ असार २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले वर्तमान सरकारले गठन भएको एकसय दिनमा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र डिजिटल सेवा विस्तारमा उल्लेख्य काम गरेको दाबी गरेकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारका सय दिनका प्रमुख कार्य तथा उपलब्धि प्रस्तुत गर्दै मन्त्री पोखरेलले जनआकांक्षाअनुसार शासकीय सुधारका कामलाई प्राथमिकतामा राखेर अघि बढाइएको बताए ।