SHARE
Kalo Pati · बिहीबार २५ असार २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले राष्ट्रिय मानवअधिकार आयोग संवैधानिक संस्था मात्र नभई विश्व मानवअधिकार प्रणालीसँग जोडिएको महत्वपूर्ण संरचना भएको बताए ।