SHARE
Kalo Pati · बिहीबार २५ असार २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

सांसद बरालको प्रश्नः ‘नियमावली प्रतिपक्षका लागि मात्रै हो ?’

काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले संसदको नियमावली सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि समान रूपमा लागू हुनुपर्ने बताएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा बोल्ने क्रममा विषयवस्तुमा केन्द्रित हुन सभामुखले पटक–पटक आग्रह गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताइन् ।