SHARE
Kalo Pati · बिहीबार २५ असार २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

शुक्रबारदेखि पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

काठमाडौं । आज पनि नेपालका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान मोडेलहरूले भोलिदेखि आइतबारसम्म भने पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने संकेत गरेको छ । मौसमविद् विनोद पोखरेलका अनुसार दुईवटा मौसम पूर्वानुमान मोडेलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाएका छन् ।