SHARE
Kalo Pati · बुधबार २४ असार २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट, अनुगमन थप प्रभावकारी हुने विश्वास

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक खाद्य प्रयोगशालाको उद्घाटन गरेको छ। बुधबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले प्रयोगशालाको उद्घाटन गरेकी हुन्। महानगरले खाद्य निरीक्षणलाई थप प्रभावकारी बनाउँदै सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको पहुँच सुनिश्चित गर्न प्रयोगशालाले महत्वपूर्ण सहयोग पु¥याउने जनाएको छ।