SHARE
Kalo Pati · बुधबार २४ असार २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

मौद्रिक नीतिले बढाउन सकेन शेयर बजार, नेप्से ३० अङ्कले घट्यो

काठमाण्डौ । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ०९ अङ्कले घटेर २ हजार ६२१ दशमलव ५९ विन्दुमा झरेको छ । हिजो नेप्से २४ अङ्कले बढेको थियो । हिजो सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरूको अनुमान थियो ।