गोदावरीको ८१ करोडको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आगजनीपछि ध्वस्त (तस्बिरहरु)
काठमाडौं । ललितपुरको गोदावरीस्थित सरकारी सभा-सम्मेलनका लागि निर्माण गरिएको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि ध्वस्त भएको छ। भदौ २४ गते भएको हिंसात्मक घटनामा सम्मेलन केन्द्रको मुख्य सभाहलमा आगलागी हुँदा छत नै खसेको छ भने सिसा, भित्री संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।
