राजेन्द्र राईको अभिव्यक्तिपछि सदनमा विवाद, बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिले विवाद भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । सांसद राईले बोल्ने क्रममा सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न रु भनेर सोधेपछि विवाद उत्पन्न भएको थियो । यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले राईलाई बोल्न समय दिएनन् ।
