SHARE
Kalo Pati · बुधबार २४ असार २०८३ ०४:३४ AM · 1 मिनेट पढाइ

पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरुका समस्या सुन्ने भएका छन् । आज बुधबार प्रधानमन्त्रीले निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग छलफल गर्दै उनीहरूका कुरा सुन्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उद्यमी व्यवसायीसँग छलफल गर्न प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूलाई बोलाएका छन् ।