काठमाडौं र पूर्वी नेपाल जोड्ने ‘लाइफलाइन’ साँगा अन्डरपास निर्माण अन्तिम चरणमा (तस्विरहरु)
काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाकै सबैभन्दा महत्त्वपूर्ण र आकर्षक हिस्सा मानिएको यो आधुनिक संरचनाले विगतमा यात्रीहरूले भोग्दै आएको सास्तीलाई इतिहास बनाउने विश्वास गरिएको छ। अन्डरपासको भौतिक अवस्था र प्राविधिक विवरण भौगोलिक र इन्जिनियरिङ दृष्टिले व्यवस्थित रूपमा डिजाइन गरिएको यस अन्डरपासको कुल लम्बाइ १ हजार १ सय १० मिटर रहेको छ।
