SHARE
Kalo Pati · मङगलबार २३ असार २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।