SHARE
Kalo Pati · मङगलबार २३ असार २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिए जयवीर देउवा, विभागले काट्यो सात दिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरेको छ । विभागले आइतबार (असार २३ गते) एक सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।