लिपुलेकमा नेपालको दाबी स्वीकार्य हुँदैन : भारत
काठमाडौं । भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार १९५४ मै सुरु भएको हो । दशकौँदेखि निरन्तर चलिरहेको छ । यस किसिमका दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन् ।
