झापा–३ मा विकासको नेतृत्व राप्रपाले गरेको छ : लिङ्देन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ मा विकासको नेतृत्व राप्रपाले गरेको बताएका छन्। बुधबार राप्रपा क्षेत्र नं ३ को अधिवेशनमा उनले राप्रपाले गरेको विकास निर्माण कार्यको जस अरूले लिन खोजेको भन्दै आफ्नो ‘लेटर प्याड’मा योजनाहरु आएर काम भइरहेको धारणा राखे । अध्यक्ष लिङ्देनले हालसम्म भएका विकास–निर्माण अपर्याप्त र गर्नुपर्ने थुप्रै काम बाँकी रहेको भन्दै त्यसमा आफ्नो ध्यान रहेको बताए । अधिवेशनबाट रविचन्द्र ओझाको नेतृत्वमा २२ सदस्यीय क्षेत्रीय समिति सर्वसम्मत चयन भएको छ ।
