SHARE
कालिका खबर · बिहीबार ५ भौ २०८२ ०३:४५ AM · 1 मिनेट पढाइ

मेरो आँखाले देखेको देश: सपना होइन, संकल्पको आकृति

काठमाडौं । हामी प्रायः देशको कुरा गर्दा गुनासो गर्छौं—राजनीति बिग्रिएको छ, शासन असक्षम छ, न्याय किनिन्छ, युवा पलायन छन्, किसान बेखबर छन्। तर यथार्थ भने यही हो कि देश केवल व्यवस्था होइन, देश हामी हौं, तपाईं, म, हामी सबै। जब हामी आफ्नो आँखा खोल्छौं, तब देखिन्छ एउटा यस्तो देश, जुन आजभन्दा फरक छ। त्यो देश वर्तमानमा होइन, भविष्यमा जन्मिन्छ, हाम्रो सोच, चाहना र संकल्पको गर्भबाट। मेरो आँखाले देखेको देश कुनै काल्पनिक अवधारणा होइन, न त केवल साहित्यिक सौन्दर्यका लागि रचिएको शब्दहरूको भावनात्मक उन्माद। यो त एउटा गहिरो अनुभूति हो।