SHARE
कालिका खबर · बिहीबार ५ भौ २०८२ ०५:५० AM · 1 मिनेट पढाइ

राष्ट्रियताको प्रश्नमा सिङ्गो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्छ : विश्व प्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा सिङ्गो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्ने बताएका छन्। शर्माले बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तासँग जोडिएको यस विषयलाई लिएर फरक–फरक राजनीतिक धारणा भए पनि एउटै राष्ट्रिय दृष्टिकोणमा उभिन जरुरी रहेको उल्लेख गरेका हुन्। उनले राष्ट्रियतालाई सम्बोधन गर्न सरकार, संसद र सबै राजनीतिक दलबिच ऐक्यबद्ध पहल आवश्यक रहेको जनाउँदै ६ वटा प्रस्ताव अघि सारेका छन्। शर्माले प्रस्ताव गरेका ६ बुँदा यस्तो छ : १. सरकारले आह्वान गर्ने सर्वदलीय/सर्वपक्षीय बैठकमार्फत साझा दृष्टि निर्माण।