प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव: ‘धुरी चढेपछि सिँढी नभुल्नू, भाइरल हुने बाटो त्याग्नू’
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गन्तव्यमा पुग्न सही बाटोबाट हिँड्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै १०० दिनको समीक्षा गर्दा सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरे। उनले भने, ‘नेपालको संविधानले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाएको छ। संसद् सार्वभौम जनताको प्रतिनिधि संस्था हो। त्यही संस्थाको सदस्य प्रधानमन्त्रीज्यू हुनुहुन्छ।
