मोबाइल फ्रिक्वेन्सी मोनिटरिङ भ्यान र सुरक्षा मुद्रण प्रेस मेसिन खरिद अति आवश्यक: सञ्चारमन्त्री
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मोबाइल फ्रिक्वेन्सी मोनिटरिङ भ्यान र सुरक्षा मुद्रण प्रेस मेसिन अति आवश्यक भएर नै खरिद गर्न लागिएको बताएका छन् । सोमवार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपालको लागी दुवै चिज अति आवश्यक रहेको बताएका हुन् ।
