तिब्बती धर्मगुरु दलाइ लामाको ९१ औँ जन्मदिन मनाइयो
काठमाडौँ । काठमाडौँमा धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाइएको छ । काठमाडौँमा रहेका तिब्बतीमूलका नेपाली र तिब्बती शरणार्थीले एक विशेष पूजाको कार्यक्रम गरेर धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाएका हुन् । तिब्बती समुदायले आफ्नो परम्पराअनुसार धार्मिक नेता दलाईको दीर्घायुको कामना गर्दै बाजागाजा सहित झाँकी निकालेका थिए ।
