SHARE
Kalo Pati · सोमबार २२ असार २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

९ सय रुपैयाँले घट्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य नौं सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन नौं सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आइतबार २ लाख ९० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।