SHARE
Kalo Pati · सोमबार २२ असार २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

‘कर्णाली दुर्घटनामा सरकारको गैरजिम्मेवारी र असफलता देखियो’: सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनापछि उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूले कर्णालीमा भएको दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवारी र असफलता देखेको बताए ।