श्रम संस्कृति पार्टीको चेतावनी-‘प्रदेश खारेजी गर्ने दुस्साहस भए विद्रोह हुन्छ’
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रदेश खारेजी स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधान संशोधनको नाममा प्रदेश खारेजी, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतामाथि छेडखानी गर्ने दुस्साहस नगर्न चेतावनी दिए । उनले भने, ‘यदि संविधान संशोधन गर्ने हो भने, आज एक-तिहाइ तपाईँको महिलाहरूको अधिकार संविधानमा सुनिश्चित छ, त्यसलाई ५० प्रतिशत पुर्याइयोस्।
