SHARE
Kalo Pati · सोमबार २२ असार २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए सन्यास 

काठमाडौं । ब्राजिलियन फुटबलर नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् । अमेरिकाको न्युजर्सी रंगशालामा नेयमारले ब्राजिलका लागि सान्तवना गोल गरेका थिए । इन्जुरी टाइममा पेनाल्टीमार्फत प्रतियोगितामा एक गोल मात्र गरेका थिए ।