किन ‘सुपर फ्लप’ भयो आइएम जितबहादुर ?
साथीहरुले फिल्म बनाए, गज्जबको पैसा कमाए, अव म पनि बोराका बोरा पैसा बटुल्छु भन्ने सोच्ने, तर फिल्मचाहिँ दिक्क लाग्दो बनाएपछि के हुन्छ ? यो प्रश्नको छोटो जवाफ हुन सक्छ ‘आइएम जित बहादुर हुन्छ’ । फिल्मको व्यापार यतिसम्म दयनीय भयो कि के भन्ने ? हो, फिल्म गतिलो नबनाएपछि दर्शकले रुचाउँदैनन् ।
