SHARE
Kalo Pati · आइबार​ २१ असार २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

‘सरकार संविधान मास्नेतिर अघि बढ्दैछ, एकचोटी जुर्मुराउनपर्ने अवस्था छ’: प्रचण्ड

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् ।