SHARE
Kalo Pati · आइबार​ २१ असार २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयनमा असफल भएको कांग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकको बैठकले सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो।