सुनचाँदीको भाउ आइतबार सामान्य घट्यो
काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ सामान्य घटेको छ । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
