SHARE
Kalo Pati · आइबार​ २१ असार २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी

काठमाण्डौ । सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनुभयो । सरकारले २०८३ साल असार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो ।