SHARE
Kalo Pati · शुक्रबार​ १९ असार २०८३ ११:१० AM · 1 मिनेट पढाइ

२ दिन बढेको शेयर बजार आज घट्यो

काठमाण्डौ । लगातार २ दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ३० अङ्कले घटेर २ हजार ६५३ दशमलव ४० विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ ।