‘सरकारले १०० दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न सकेन’ : हर्क साम्पाङ
काठमाण्डौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले १०० दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाण्डौ फर्किएसँगै अध्यक्ष साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो ।
