SHARE
Kalo Pati · शुक्रबार​ १९ असार २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

काठमाडौं ।माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको छ । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले औपचारिक कार्यक्रममार्फत शुक्रबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणका लागि असार ३ गतेदेखि ८ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो ।