बालेन सरकारको १०० दिने उपलब्धि शनिबार सार्वजनिक हुँदै
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा शनिबार सरकारका उपलब्धि र कार्यप्रगतिको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार गठन भएको १०० दिन पूरा हुने असार २० गते सरकारका प्रमुख निर्णय, नीति तथा कार्यान्वयन भएका कार्यक्रमहरूको समीक्षा सहित उपलब्धिको सूची सार्वजनिक गरिनेछ।
