SHARE
Kalo Pati · शुक्रबार​ १९ असार २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार अपराह्न ५ बजेका लागि बैठक डाकेका छन् । परिषद्को सचिवालय सम्बद्ध स्रोतका अनुसार, अहिलेसम्म तय भएको एजेन्डामा निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्ने विषय छ । त्यस्तै, अरू एजेन्डा तय हुन बाँकी रहेको स्रोतले बताएको छ ।