खामेनीको अन्तिम श्रद्धाञ्जली समारोहमा २ करोड मानिस सहभागी हुने अनुमान
काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीरलाई उनको मृत्यु भएको स्थानमा लगिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ । इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) का अनुसार कुनै पूर्वसूचना नदिई आयोजित कार्यक्रममा खामेनीको शव राखिएको कफिनलाई उनको ‘शहादत’ भएको स्थानमा पु¥याइएको हो ।
